शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्।

सञ्चालक समितिको बैठकबाट कम्पनीको अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो। यो निर्णयसँगै सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४ औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरु नन्दकिशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्तकुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन्। 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार गत पुस ७ गतेबाट सुरु भइसकेको छ। 


प्रकाशित: Dec 28, 2022| 14:36 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्