शनिबार, असार २१, २०८२

नक्सालको आफ्नै नयाँ भवनमा सर्‍यो सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेड नयाँ नक्सालस्थित भवनबाट सञ्चालनमा आएको छ ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड नयाँ नक्सालस्थित भवनबाट सञ्चालनमा आएको छ । २०औं वार्षिकोत्सवको अवसरमा आइतवार बैंकको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हात्तीसारस्थित बैंकको प्रधान कार्यालय आफ्नै भवनमा सरेको हो । नवनिर्मित भवनको उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडिया तथा संस्थापक अध्यक्ष चिरञ्जिलाल अग्रवालले गरेका हुन् ।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको जनाइएको छ ।

सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया बैंक वित्तिय क्षेत्रमा अन्य फाइनान्सियल सर्भिस क्षेत्रमा अन्य विभिन्न सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ क्यापिटल, सिद्धार्थ रिलायन्स् लाइफ इन्स्योरेन्स र हालै यसले इक्युइटि स्थापना गर्न सफल भएको बताए ।

अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने विश्वास लिएको जनाइएको छ ।

देशभर सिद्धार्थ बैंकको कुल निक्षोप २०४ अर्ब, कर्जा लगानी १८४ अर्ब र बैंकको कुल सम्पति २५३ अर्ब पुगेको छ र। यस्तै देशभर बैंकको १९५ शाखा उपशाखा रहेका छन् ।


प्रकाशित: Dec 28, 2022| 14:35 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्