शनिबार, साउन २५, २०८२

कवितामा आधारित रियालिटी शो बिहीबारदेखि

नेपालमा पहिलो पटक कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ भोलि अर्थात् पुस १४ देखि प्रसारण हुने भएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– नेपालमा पहिलो पटक कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ भोलि अर्थात् पुस १४ देखि प्रसारण हुने भएको छ। अमनप्रताप अधिकारीद्वारा निर्माण तथा निर्देशन गरिएको शोको प्रसारण बिहीबार साँझ ८ः३० बाट हुने भएको हो। 

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० भन्दा बढी रहेको थियो। डिजिटल अडिसनबाट छानिएका सहभागीमध्येबाट विभिन्न चरण पार गर्दै १४ जना कविहरू छानिने छन्। शोमा सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन्। कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ।

शो हरेक साता बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुनेछ। कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ। प्रस्तुति जाँच्ने निर्णाकका साथै दर्शकले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन्। अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछ।

प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन्। कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्। ‘द पोयट आइडल’को विजेता कविले दस लाख रूपैयाँ नगद पाउने छन्। साथै, यात्रा पब्लिसिङ हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कविता संग्रह प्रकाशन गरिनेछ।


प्रकाशित: Dec 28, 2022| 12:15 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।