शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नरलाई साक्षी राख्दै अर्थमन्त्रीले एफएनसीसीआईका प्रतिनिधिसँग भनेः समस्या समाधान नजिक पुगेका छौं

गभर्नरलाई साक्षी राख्दै अर्थमन्त्रीले एफएनसीसीआईका प्रतिनिधिसँग भनेः समस्या समाधान नजिक पुगेका छौं

नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिलेको समस्या समाधानका लागि आफू निष्कर्ष नजिक पुगेको दावी गरेका छन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिलेको समस्या समाधानका लागि आफू निष्कर्ष नजिक पुगेको दावी गरेका छन्। 

मंगलबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहितको प्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले आफूले निजी क्षेत्रलाई निरस नबनाउने प्रतिवद्धता जाहेर गदै देखिएको समस्या समाधान गर्ने बताएका हुन्। 

उनले महासंघका प्रतिनिधिहरुसँग भने, ‘राष्ट्र बैंक पनि निजी क्षेत्रको समस्यामा गम्भिर छ। निजी क्षेत्र कमजोर भयो भने सरकारले काम गर्न सक्दैन। त्यसैले म तपाईहरुको साथमा छु।’ उनले सो कुरा भनिरहदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद घिमिरे साथमा नै थिए। 

उपप्रधानमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकार भएर सोचे मात्र समस्या समाधान हुने बताउँदै उनले त्यसको सुरुवात सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नै गरिसकेको जानकारी दिए। 

उनले अहिले देखिएको समस्या आज वा भोलि समाधान हुदैन तर यथासक्य चाडो समाधान गर्न लाग्नेछौ। सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले अर्थतन्त्रमा देखापरेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ।

पौडेलले मंगलबार व्यापारी व्यवसायीसँग सोमबार अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको जानकारी दिए। उनले त्यसका लागि वित्तिय र मौद्रिक नीतिको सामान्जस्यपुर्ण कार्यान्वनबाट हुने पनि जानकारी दिए। 

त्यस्तै उनले राजस्व चुहावटलाई कडाईका साथ नियन्त्रण गरी लक्ष्य प्राप्ति गर्ने र यसका लागि राजस्व प्रशासनलाई चुस्त दुरुस्त बनाउने र राजस्व प्रशासनमा आवश्यक पुनःसंरचना गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ।


प्रकाशित: Dec 27, 2022| 18:35 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्