शनिबार, साउन २५, २०८२

साम्राज्ञीका दुई फिल्म प्रदर्शनमा आउँदै

मारुनी, तिमीसँग, मंगलम, इन्टु मिन्टु लन्डनमा, कायराजस्ता चलचित्रमा काम गरिसकेकी साम्राज्ञी अभिनीत चलचित्र ह्यारीकी प्याराी र तिम्रो मेरो साथ प्रदर्शनमा आउन लागेका हुन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– ठूलो पर्दाको ड्रिम्स्बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेका छैनन्। तर फिल्मले व्यावसायिक सफलता नपाए पनि उनले फिल्म भने पाइरहेकी छन्।

अहिले उनका दुई फिल्म प्रदर्शनको तयारीमा छन्, ‘ह्यारीकी प्यारी’ अनि ‘तिम्रो मेरो साथ’ हो। व्यावसायिक क्षेत्रमा सफल मानिए पनि रमेश एमके पौडेल फिल्म क्षेत्रमा भने असफल मानिन्छन्। फिल्म क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरे पनि अपेक्षित सफलता पाएका छैनन्। उनैले निर्देशन गरेको फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट रिलिज हुँदै छ।

यो फिल्ममा साम्राज्ञीको मुख्य भूमिका छ। त्यसो त पुष्प खड्का र शाहको कमेस्ट्री मिल्छ तर फिल्मले भने सोचेजस्तो कमाल गर्दैन। अहिले तिम्रो मेरो साथका लागि शाह प्रचार–प्रसारमा व्यस्त छन्। तिम्रो मेरो साथका निर्माता तथा निर्देशक रमेशको आशा यस पटक फिल्मबाट नाफा कमाउनेमा छ।

यसका लागि उनी स्टार नायिका साम्राज्ञीको स्टारडम चम्कने विश्वासमा छन्। यसैले पनि उनी साम्राज्ञीप्रति बढी आशावादी सुनिन्छन्। साम्राज्ञीले पनि फिल्मका लागि समय दिएकी छन् किनकि यो फिल्म उनका लागि पनि चल्न आवश्यक छ। त्यसैगरी निर्माता गायक तथा गीतकारको छवि बनाएका डा. भोला रिजालले साम्राज्ञीलाई नै लिएर ‘ह्यारीकी प्यारी’ नाम राखेर रोमान्टिक कमेडी फिल्म बनाएका छन्। २० माघमा देशभरि एकैसाथ प्रदर्शनमा आउने ह्यारीकी प्यारी निर्माण टिमको पनि आश उनै साम्राज्ञी हुन्। 

ख्यातिप्राप्त स्त्रीरोग विशेषज्ञ डा. रिजालका छोरा डा.कपिल रिजालको डेब्यु निर्देशनमा बनेको ह्यारीकी प्यारीमा साम्राज्ञीको जादू कत्तिको चल्छ, त्यो भने रिलिज भएपछि थाहा लाग्नेछ। निर्देशक डा.कपिलले लन्डनमै बसेर अंग्रेजी भाषाका सर्ट चलचित्र गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लन्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

मारुनी, तिमीसँग, मंगलम, इन्टु मिन्टु लन्डनमा, कायराजस्ता चलचित्रमा काम गरिसकेकी शाह तिम्रो मेरो साथमा धेरै आशावादी छन्। कहिले फोटो सुटका कारण, कहिले आफ्नै प्रेमीका कारण चर्चामा आइरहने साम्राज्ञीका दुई फिल्म तीन साताको फरकमा प्रदर्शनमा आउँदै छन्। के बक्स अफिसमा सफल रहलान् यी दुवै फिल्म? त्यो भने २९ पुस र २० माघपछि थाहा होला।

प्रकाशित: Dec 27, 2022| 14:57 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।