काठमाडौं– नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ आज हुँदै छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो।
गत १४ कात्तिकमा १७ वर्षीया नाबालिगले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनअनुसार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरिएको थियो।
यसअघि १८ कात्तिकमा काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दामा आज पेशी चढेको हो।