काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी निकट रहेका कानुन व्यवसायीलाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन्। प्रचण्डले वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन्। महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार सिफारिस गरेका हुन्।
माओवादीसँग लामो समयसम्म घुलमिल रहेका पोखरेलले पहिलो पटक सरकारका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारका महान्यायाधिवक्ता खम्म खातीले सोमबार पदबाट राजीनामा दिएका थिए।