काठमाडौं- खोटाङको दिक्तेल नगरपालिका-१३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०:४० बजे दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालले घाइतेलाई अस्पताल पुर्याउने बताए। केही घाइतेलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।