बुधबार, वैशाख १७, २०८२

प्रदेश १ : एमालेले आज संसदीय दलको नेता छान्ने

प्रदेश १ सभाको ठूलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्दै छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

विराटनगर- प्रदेश १ सभाको ठूलो दल नेकपा एमालेले आज संसदीय दलको नेता चयन गर्दै छ। 

संसदीय दलको नेता छान्नका लागि एमालेले आइतवार बैठक बोलाएको छ। दिउँसो १ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बोलाइएको एमाले सांसद बुद्धिकुमार राजभण्डारीले बताए।

एमालेमा दलको नेता स्थायी कमिटी सदस्यसमेत रहेका हिक्मतकुमार कार्की हुने करिव निश्चित छ। सर्वसम्मत रुपमा कार्की नेतामा चयन हुने सांसदले बताए। कार्की पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री मसेत हुन्। उनी झापा क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित भएका हुन्। एमालेले सपथग्रहण अघि नै दलको नेता चयन गर्ने भएको हो। नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथग्रहण सोमवार हुँदै छ। 

प्रदेश १ संसदको सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन्। प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो। 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलहरु मध्ये एमालेले सपथग्रहण अगावै दलको नेता छान्ने भएको छ। संसदको दोश्रो ठूलो दल नेपाली कांग्रेसले पुस १५ गते नेता छान्ने जनाएको छ।

Metro Mart
worldlink


प्रकाशित: Dec 25, 2022| 07:32 आइतबार, पुस १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।