बिहीबार, साउन ३०, २०८२

सिन्धुपाल्चोकमा कुटपिटबाट एक जनाको ज्यान गयो

शनिबार बिहान साढे ४ बजे घाइते मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक जनाको ज्यान गएको छ।

२९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो।

पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए।

शनिबार बिहान साढे ४ बजे घाइते  मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा सम्लग्न  पासाङ लामा शेर्पा र उनका श्रीमान‍् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 24, 2022| 20:48 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।