आइतबार, असार २२, २०८२

नबिल बैंकको डिजिटल लक्षित नियो सेवा

एनबैंक सेवा सुरु भएसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– नबिल बैंकले नेपालमै पहिलो पटक डिजिटल लक्षित एनबैंक (नियो बैंक) सेवा सञ्चालनमा ल्याएको छ। बिहीबार बैंकले भर्चुअल कार्यक्रम गरी एनबैंक (नियो बैंक) सेवा सुरु गरेको हो।

बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा उक्त सेवा सुरु गरेका हुन्।

एनबैंक सेवा सुरु भएसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ। नबिल मोबाइल बैंकिङ एपलाई पूर्ण परिमार्जन गरीे एनबैंक सेवा सञ्चालन गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ।

कार्यक्रममा बैंक अध्यक्ष पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। नबिल बैंकले एनबैंकलाई छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो। बैंक उपाध्यक्ष चौधरीले एनबैंकको सेवा सुरु भएसँगै बैंकिङ क्षेत्रमा परिवर्तनको नेतृत्व नबिल बैंकले गर्ने बताए। ग्राहकले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवा प्राप्त गर्न सक्ने नवीन प्रविधिले बैंकिङ क्षेत्रमा नयाँ तरंग ल्याउने उनको विश्वास छ। 

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवा सजिलैसँग लिन सक्नेछन्।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकामा खुसी व्यक्त गरे।

अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनको भनाइ छ। नबिल बैंकमा खाता नखोलेकाले पनि आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन्। एनबैंकमार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने बैंकको दाबी छ।

प्रकाशित: Dec 24, 2022| 15:24 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्