आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंक होम कनेक्टिभिटी सर्भिस इनोभेसन अवार्डबाट सम्मानित

वर्ल्डलिंक होम कनेक्टिभिटी सर्भिस इनोभेसन अवार्डबाट सम्मानित

वर्ल्डलिंकले सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले उक्त अवार्डबाट सम्मानित गरेको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स नोकिया जीटीएफएफ फिक्स्ड नेटवक्र्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ।  वल्र्डलिंकले सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले उक्त अवार्डबाट सम्मानित गरेको हो।

नोकियाका अनुसार वल्र्डलिंकलाई होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि चयन गरिएको हो। ‘हिमाल, बरफ तथा हिउँ, खोला एवं वन्यजन्तुजस्ता प्रतिकूल परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भूमिका निर्वाह गरेकाले सर्भिस इनोभेसनः इन–होम कनेक्टिभिटी विधाअन्तर्गतको अवार्ड वल्र्डलिंकलाई प्रदान गरिएको छ , नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनिन्।

नोकियाले डिसेम्बर ७–८ सम्म सिंगापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वल्र्डलिंकलाई यो अवार्ड प्रदान गरिएको थियो।हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहक संख्या ७ लाख बढी तथा प्रयोगकर्ता संख्या ३० लाखभन्दा धेरै छ।

प्रकाशित: Dec 24, 2022| 14:10 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्