शनिबार, साउन ३२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तिलोत्तमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

तिलोत्तमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पञ्चकन्यामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पञ्चकन्यामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सन्दीप कुमार दुवे रहेका प्रहरीले जनाएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार रुपन्देहीकै बुटवल उपमहानगरपालिका १३ बेलबासका ६२ वर्षीय तेज बहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई रेलिङमा ठोकिएर दुर्घटना भएको थियो।

प्रकाशित: Dec 24, 2022| 13:38 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।