आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सहरी विकासमन्त्रीको निर्देशनपछि कालोपत्रे हुँदै धोबीखोला करिडोर

सहरी विकासमन्त्रीको निर्देशनपछि कालोपत्रे हुँदै धोबीखोला करिडोर

नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्राधिकरण र मातहतका निकायलाई निर्देशन दिएका थिए।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबीखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ। करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीले निर्देशन दिएपछि बाँकी काम अघि बढाइएको हो।

‘अब छिट्टै धोबीखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउनेछ,’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन्। नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्राधिकरण र मातहतका निकायलाई अनुगमनका क्रममा निर्देशन दिएका थिए। 

‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबीखोला करिडोरमा बाँकी रहेको काम पूरा हुँदै छ। १.५ किमि बाटोमा ओभर रेलिङ र केही मर्मतका काम हुँदै छन्। रोड मार्क पेन्टिङ, रेलिङमा कलर लगाउनेदेखि नदी किनारमा रहेका बिरुवाको संरक्षणसम्मका काम भइरहेका छन्,’ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदीश लामिछानेले भने। गत वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा पुगेको जिल्ला आयुक्त लामिछानेले बताए।

प्रकाशित: Dec 24, 2022| 12:13 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्