आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाल टी-२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने गर्ने भएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको हो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमको सहभागिता रहने छ।

डबल राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार छन् ।

बिहान ९:१५ बजेदेखि सुरु हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्दै छन्। प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुनेछ।

लिगको पहिलो संस्करणको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने छन्। तेस्रो स्थानमा रहने टिमले १० लाख पाउने क्यानले जनाएको छ। यसैगरी, चौथो हुनेले पाँच लाख पाउँदा लिगको उत्कृष्ट बलर र ब्याटरले समान दुई लाख ५० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: Dec 24, 2022| 12:10 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्