आइतबार, असार २२, २०८२

टाटा मोटरको मेगा सर्भिस क्याम्प हुँदै

टाटाका पेसेन्जर श्रेणीका गाडीको सूक्ष्म जाँच गरिने क्याम्पमा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– नेपालका लागि टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले १० देखि १२ पुससम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्प आयोजना गर्दै छ। कम्पनीले काठमाडौं उपत्यकाभित्र बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका सेवा केन्द्रमा सर्भिस क्याम्प सञ्चालन गर्नेछ। 

बाँकी उपत्यकाबाहिरका ९ स्थान पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबर, हेटौंडा, धनगढी, नेपालगञ्जमा रहेका सेवा केन्द्रमा मेगा सर्भिस क्याम्प सञ्चालन गरिने कम्पनीले बताएको छ। क्याम्पमा  टाटाका  पेसेन्जर श्रेणीका गाडीको सूक्ष्म जाँच गरिनेछ। यस्तो जाँच गराउँदा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्स  खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा निः शुल्क दिइनेछ। यसका अतिरिक्त क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गत ४ हजार नगद फिर्ता व्यवस्था रहेको कम्पनीले बताएको छ। 

हाल नेपालमा टाटाका  पेसेन्जर श्रेणीका गाडीको बजार द्रुत गतिमा विस्तार भइरहेकाले ग्राहकलाई उत्कृष्ट सेवा दिने उद्देश्यसहित मेगा सर्भिस क्याम्प आयोजना गर्न लागिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 24, 2022| 11:40 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्