शनिबार, साउन ३२, २०८२

रौतहटबाट करिव १० लाखको कपडा बरामद

प्रहरीले रौतहटबाट झन्डै १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- प्रहरीले रौतहटबाट झन्डै १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। 

भारतबाट भन्सार छली नेपाल भित्र्याइएको ९ लाख ९७ हजार ८ सय ५० रुपैयाँ बराबरको कपडा चन्द्रनिगहापुरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको संयुक्त गस्ती टोलीले कपडा बरामद गरेको हो।

चन्द्रपुर नगरपालिका– ६ स्थित तल्लो बजारबाट लेडिज उलन कुर्ता, लेहेङ्गा, जेन्स कुर्ता सुरुवाल लगायतका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले जानकारी दिए। 

बरामद कपडा शुक्रबार राजश्व कार्यालय पथलैया पठाइएको यादवले बताए। कपडा ल्याउने व्यक्ति भने फरार भएको उनले बताए। 

प्रकाशित: Dec 24, 2022| 10:36 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।