काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीन वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ। सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यस कार्यक्रम समावेश गरेको छ।
काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माण ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले बताए।
एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनको भनाइ छ। गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ।
एकीकृत योजनाअनुरुप काम भए÷नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्नेछ। एकीकृत योजना बनाउन ९ करोड बजेट विनियोजन गरिएको छ। एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्म सम्पन्न हुने प्राधिकरणले जनाएको छ।