मकवानपुर- हेटौंडा उपमहानगरपालिका १४ स्थित एक घरमा आगलागी भएको छ। स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा करेन्ट सर्ट भई आगोलागी हुदाँ ७ लाख बराबरको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट अन्नपात मकै धान र पशुचौपायमा क्षति पुगेको मयुरधाप प्रहरी चेक पोष्टका प्रहरी हवल्दार अबदेश कुमार पाण्डेले जानकारी दिए। घर धनी सुनकुमार तामाङ बेहोस भएका छन्। उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।