सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।

साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई मूल्याङकन गरी निजी बैंकिङ क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो।

उक्त अवार्ड काठमाडौंको याक एण्ड एति होटलमा आयोजित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेलले ग्रहण गरेका हुन्।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्त गरेपश्चात् बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो। यस अवार्डले आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित: Dec 22, 2022| 17:59 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्