सोमबार, असार २३, २०८२

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश घोषणा

थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालले आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो। 

नर्भिक अस्पताल चाँडै नै साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा छ। घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ। 

हाल नर्भिक अस्पतालको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँबराबरकै नगद लाभांशसमेत बाँड्नेछ। 

घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 


प्रकाशित: Dec 22, 2022| 17:41 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्