आइतबार, भदौ १, २०८२

लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव

- लक्ष्मी ग्रुपको ४९ औँ वार्षिक उत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- लक्ष्मी ग्रुपको ४९ औँ वार्षिक उत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ। सेरेब्रल पल्सी सेन्टरको मागअनुसार उक्त सामग्री वितरण गरिएको हो। 

हुन्डाई नेपालले हुन्डाई मोटरको 'मोबिलिटी' सँग सबलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। 'मोबिलिटी' सबैको आधारभूत आवश्यकता भन्ने मान्यता सहित कम्पनीले मस्तिस्कघात भएका व्यक्तिहरुलाई गति शीलतामा सहज पहुँच सनिुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ। 

साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तीकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिहरूलाई फर्निचर र  अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला  निर्माण गर्ने सम्झौता पनि गरेको छ।  उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिकभार घटाउनुका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको छ। 


प्रकाशित: Dec 22, 2022| 17:40 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।