सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल र बंगलादेशका व्यापारीहरु व्यापार सहजीकरणका लागि तयार

नेपाल र बंगलादेशका व्यापारीहरु व्यापार सहजीकरणका लागि तयार

नेपाल चेम्बर अफ कमर्स र बंगलादेशका व्यापारीहरुसँग व्यापार सहजीकरण गर्न काम गर्ने सहमति भएको छ। विहिबार नेपाल चेम्वर अफ कमर्ससँग बंगलादेशका उद्योगी व्यापारीले यस्तो सहमति गरेका हुन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बंगलादेशका व्यापारीहरुसँग व्यापार सहजीकरण गर्न काम गर्ने सहमति भएको छ। विहिबार नेपाल चेम्वर अफ कमर्ससँग बंगलादेशका उद्योगी व्यापारीले यस्तो सहमति गरेका हुन्। 

नेपाल भ्रमणमा रहेका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो। नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पूरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो। नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ। यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ।’ 

बंगलादेशमा सडक सञ्ज्ाँलसंगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्वन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्र्दभमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा जोड दिए। 

नेपालले ऊर्जा व्यापार मार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गरे। 

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो। नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन।

चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसंग आग्रह गरे।यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए। 

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। हवाईसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिदै नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफुहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने बताए। 


प्रकाशित: Dec 22, 2022| 17:30 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्