सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापारघाटा १८.८८ प्रतिशत घट्यो, पाँच महिनामा साढे एक खर्ब भन्सार शुल्क

व्यापारघाटा १८.८८ प्रतिशत घट्यो, पाँच महिनामा साढे एक खर्ब भन्सार शुल्क

चालू आर्थिक वर्षको पाँच महिना व्यापारघाटा १८.७७ प्रतिशतले घटेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पाँच महिना व्यापारघाटा १८.७७ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार गत मंसिर मसान्तसम्ममा नेपालको व्यापारघाटा ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँमा सीमित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापारघाटा ७ खर्ब ४५ अर्ब ४८ करोड रुपैयाँ थियो। 

सरकारले आयातमा गरेको कडाइका कारण आयातमा आएको कमीले व्यापारघाटामा कमी ल्याएको थियो। तर अव पुसदेखि भने देशको व्यापारघाटा बढ्ने देखिएको छ। सरकारले पुसदेखि लागू हुने गरी आयात खोलेपछि आयातकर्ताहरु धमाधम एलसी खोल्न थालेका छन्। जसले आयात बढाएर व्यापारघाटा बढाउने निश्चित छ। 

विभागले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक बर्षको पाँच महिनामा आयात २०.७१ प्रतिशतले घटेर ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको मंसिर महिनासम्ममा नेपालमा ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको आयात भएको थियो। त्यस्तै विभागको तथ्यांक अनुसार पाँच महिनामा निर्यात ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोडमा सिमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो। 

भारतले पाम आयलको आयातमा भन्सार कम गर्दा पाम आयलको निर्यातमा आएको गिरावटसँग निर्यातमा पनि ठूलो गिरावट आएको हो। पाँच महिनाको अवधिमा सरकारले १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ।


प्रकाशित: Dec 22, 2022| 17:23 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्