सोमबार, असार २३, २०८२

रियलमी १० प्रो प्लस फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस ५जी नेपालमा उपलब्ध भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस ५जी नेपालमा उपलब्ध भएको छ।

मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण पहिलै देखि बजारमा चर्चित छ। रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले स्मार्टफोन रियलमी १० प्रो प्लस ५जी नेपालमा लन्च गरिएको जानकारी दिए।

कम्पनीका अनुसार रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ। त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ जुन नेपालकै पहिलो हो। ९३.६५ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २.३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ। यो रियलमीको कर्भ्ड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो। त्यस्तै गरी यो संसारकै सबैभन्दा पहिलो ओएलइडि डिस्प्ले हो जसले टियुभि रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ।  

आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको यस रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ जुन अत्यन्तै हलुका हो। त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ जुन १७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुन सक्छ। चिपसेटको कुरा गनुपर्दा यसमा डाइमेन्सिटी १०८० ५जी चिपसेट रहेको छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५,२०,००० एनटूटू बेन्चमार्क रहेको छ। 

त्यस्तै यसमा फ्ल्यागशिप लेभलकै १०८ एमपिको क्यामरा रहेको छ। नोनापिक्सेल टेक्नोलोजी युक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन। साथ–साथै यी क्यामराहरुमा सुपर ग्रुप पोट्रेट, वान टेक, र स्ट्रिट फोटोग्राफि मोड ३.० जस्ता फिचरहरु छन् जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन्।

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मूल्य ४५ हजार ९९९ रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ।  

पुस ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त गर्नेछन्। त्यस्तै गरी ६,७ र ८ गते दराजबाट किन्दा रु २००० सम्मको फ्ल्याट डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Dec 22, 2022| 17:06 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्