सोमबार, असार २३, २०८२

एनसेलले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिने

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ।

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो।  ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ।

एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ। गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन्।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) नीतिअनुरुप एनसेलले आईसीटी अवार्डमा आबद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ। 

यही पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजीक्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागितामा आईसीटी अवार्डको ग्रान्ड फिनाले हुँदैछ। उक्त फिनालेमा वुमन आइकनसहित १२ बढी विधामा आईसीटी अवार्ड वितरण गरिँदैछ।


प्रकाशित: Dec 22, 2022| 17:00 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्