सोमबार, असार २३, २०८२

भारतमा आउटरिचलाई फ्लेम अवार्ड

आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको फ्लेम अवार्डस् जितेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको फ्लेम अवार्डस् जितेको छ। रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाको १२औं संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना भारतको नयाँ दिल्लीस्थित ताज भिभान्तमा १७ डिसेम्बरमा आयोजना भएको थियो।

आउटरिचले ११ स्वर्ण र १ रजत अवार्ड हात पारेको छ। लेमनले १ स्वर्ण, १ रजत र १ कांस्य अवार्ड जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत अवार्ड जितेको छ। त्यसैगरी अन्य भारतीय एजेन्सीहरुले पनि विभिन्न अवार्डहरु जित्न सफल भए।

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डसले भारत र एशियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनाहरुलाई सम्मान प्रदान गर्ने गर्दछ।

फ्लेम अवार्डस् एशिया सबैभन्दा प्रतिष्ठित पुरस्कारहरु मध्येको एक भइसकेको आयोजकले जनाएको छ। आयोजक संस्था रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सृदृढ गर्न र अघि बढाउन समर्पित एक संस्था हो।


प्रकाशित: Dec 22, 2022| 16:54 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्