आइतबार, भदौ १, २०८२

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजक खुकुरी रम

पोखरामा पुस ६ गतेदेखि शुरू हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने साङ्गीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- पोखरामा पुस ६ गतेदेखि  शुरू हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने साङ्गीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।

फेवाताल किनारमा हुने फेस्टिभल अन्तर्गत पुस ७ गते गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ। योञ्जनका गीतहरूको सँगालो गोपालय पनि सोही अवसरमा विमोचन गर्ने कार्यक्रम छ। योञ्जनले पोखरामा लोकसङ्गीतको अनुसन्धान र लेखनमा लामो समय बिताएका थिए।

लिटरेचर फेस्टिभलमा यस बाहेक लोक–ब्यान्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि विशेष प्रस्तुति दिनेछन्। यी लगायत सबै साङ्गीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ ले गरेको हो। 

कम्पनीकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले कला, साहित्य र सङ्गीतप्रेमीहरूको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’ सँग सहकार्य गर्न पाउँदा आफूहरूलाई गौरव महसूस भएको बताइन्। लिटरेचर फेस्टिभलको आयोजक बूकवर्म फाउन्डेशनका निर्देशक नीरज भारीले नेपालीको पहिचानका रूपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभल अन्तर्गतका साङ्गीतिक कार्यक्रमहरूसँग जोड्न पाउँदा खुशी लागेको बताए।

यस पटकको फेस्टिभलको नारा ‘शब्दशक्ति उत्सवको एक दशक’ रहेको छ। पुस ११ गतेसम्म चल्ने शब्दहरूको उत्सवमा ५० भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक विमर्श हुनेछन्।

‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘द नेपाल डिस्टिलरिज्’ ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ।


प्रकाशित: Dec 22, 2022| 16:43 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।