मंगलबार, वैशाख १६, २०८२

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने

संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो। तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

पोखरा- गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन्। संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो। तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ।

‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं। हुन त हामीसँग उल्था गर्ने मान्छे हुनुहुन्नँ,’ संसद सचिव हरिराज पोखरेलले भने, ‘तर उहाँहरुले चाहानुभयो भने त्यसको व्यवस्था हामी मिलाउछौं।’ सांसदहरुको सपथ १४ गतेका लागि तोकिएको छ। 

१४ गते बिहान ११ बजेका लागि सांसदलाई निम्तो पठाउन लागिएको पोखरेलले बताए। १ बजेदेखि सपथको कार्यक्रम सुरु हुने छ। त्यसअघि १३ गते नै जेष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग सपथ लिने छन्। गण्डकीमा पर्वतबाट निर्वाचित मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन्। प्रदेश प्रमुखबाट सपथ लिएपछि भोलिपल्ट अन्य सांसदलाई उनले नै सपथ गराउने छन्। 

उनी सभामुख निर्वाचित नहुँदासम्मका लागि सभाध्यक्ष समेत हुनेछन्। ६० सदस्यीय गण्डकीमा २७ सीट कांग्रेस, २२ सीट एमाले, ८ सीट माओवादी, २ सीट राप्रपा र १ सीट एकीकृत समाजवादीको छ।

प्रकाशित: Dec 21, 2022| 20:32 बुधबार, पुस ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।