काठमाडौं- चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शोभराजका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको हो।
अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडीदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत् कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु।’ आदेशमा भनिएको छ।