सोमबार, असार २३, २०८२

प्रतितोला ८०० ले बढ्यो सुन

मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख १ हजार २०० सय तोकिएको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं– बुधबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८०० ले उकालो लागेको छ। मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला  १ लाख १ हजार २०० सय तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७०० छ। अघिल्लो दिन ९९ हजार ९०० थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धी भई प्रतितोला १ हजार ४०० पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔस १ हजार ८१३.४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Dec 21, 2022| 13:03 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्