बुधबार, भदौ ४, २०८२

शिव-गणेशको मूर्तिसहित सुर्खेतमा एक व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेत निवासी २२ वर्षीय किरण विकलाई वीरेन्द्रनगर सुर्खेत बसपार्कबाट आइतबार राति ८:२० बजे पक्राउ गरेको हो।

मादकपदार्थ सेवन गरी शिव र गणेशको एक/एक थान मूर्ति लिई नगरपालिका–१० बसपार्क नजिक हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

मूर्ति लिएर एक व्यक्ति बसपार्क नजिक हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानको स्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले विकलाई सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले देउती बज्यै मन्दिर परिसर बाहिरबाट ल्याएको भनेर स्वीकार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मूर्तिसहित प्रहरी नियन्त्रणमा रहेका विकको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 20, 2022| 06:55 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।