बुधबार, भदौ ४, २०८२

खोटाङमा आगलागीबाट पाँच घर जलेर नष्ट

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७:२० बजेतिर नियन्त्रणमा लिएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएका छन्।

सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र  शुभराज राईको घर जलेको हो। बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए। गुरुङको घरबाट सुरु भएको आगोले व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन्। बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो। 

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७:२० बजेतिर नियन्त्रणमा लिएका छन्।

आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ। आगलागीको कारण खुल्न सकेको छैन। क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए।

प्रकाशित: Dec 19, 2022| 20:16 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।