बुधबार, भदौ ४, २०८२

दोलखामा भिरबाट लडेर एक जना बेपत्ता

बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन्। बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन्।

कैलालीको घोडाघोडी नगरपालिका–५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले बताए। घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए।

दुगड हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेको प्रहरीले जनाएको छ। उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 19, 2022| 19:44 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।