सोमबार, असार २३, २०८२

रियलमीको ब्रान्ड एम्बासडरमा नीति शाह

स्मार्टफोन ब्रान्ड रियलमीको ब्रान्ड एम्बासडरमा नीति शाह नियुक्त भएकी छिन् ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- स्मार्टफोन ब्रान्ड रियलमीको ब्रान्ड एम्बासडरमा नीति शाह नियुक्त भएकी छिन् । मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता शाहलाई एक कार्यक्रमकाबीच रियलमीले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

योसँगै शाहले अब रियलमी, नार्जो र एआइओटी एवम् वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । 

कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरी भने, ‘ब्रान्ड एम्बासडरको रुपमा नीति शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’ त्यसैगरी रियलमीकी नवनियुक्त ब्रान्ड एम्बासडर नीति शाहले रियलमी ब्रान्डको सदस्य हुन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन् ।

प्रकाशित: Dec 19, 2022| 17:54 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्