सोमबार, असार २३, २०८२

२ करोड हाराहारी पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या १ करोड ९४ लाख नाघेको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक संख्या १ करोड ९४ लाख ३ हजार ६ सय ८० पुगेको हो। 

तिनमा क वर्गका बैंकका यस्ता ग्राहक १ करोड ६९ लाख ३४ हजार २ सय १९ छन्। त्यस्तै, ख वर्गका यस्ता ग्राहक २३ लाख ४७ हजार २५१ र ग वर्गका १ लाख २२ हजार २१० रहेका छन्। 

इन्टरनेट बैंकिङका ग्राहक पनि चालू आवको चार महिनासम्म १७ लाख ५० हजार ९३६ पुगेका छन्। तिनमा क वर्गका संस्थाका १३ लाख ११ हजार ५८७, ख वर्गका ४ लाख २८ हजार ३६२ र ग वर्गका १० हजार ९८७ रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Dec 19, 2022| 16:41 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्