बुधबार, भदौ ४, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। काठमाडौं, टोखा नगरपालिका-४ सेल्सबेरीमा बा.१२च १६१ नम्बरको कारको ठक्करबाट पैदलयात्री टोखा नगरपालिका-४ बस्ने ७३ वर्षीय गोपाल गुरुङको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बारा, निजगढ नगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडीसमेत दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ मछलिपुल नजिक सडकमा  सु.प.प्र.०१००८ प ५५८७ नम्बरको मोटरसाइकल, म.१ प ६१८९ नम्बरको स्कुटर र से.२ त ८२० नम्बरको ट्याक्टर एक-आपसमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै घाइते भएका अन्य पाँच जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

झापा, मेची नगरपालिका-१३ चारआली बजारमा ना.८ख ३३३६ नम्बरको ट्रकले मे.७प १७२७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीया उषा राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कपिलवस्तु, माँयादेवी गाउँपालिका-५ अड्कोनियास्थित सडकमा यूपी ५५ आर ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक माँयादेवी गाउँपालिका-५ महादेव स्थान बस्ने ३० वर्षीय लवकुश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 19, 2022| 13:19 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।