बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पूर्वस्वीकृतिबना बिदा नबस्न संघीय मामिला मन्त्रालयले काट्यो पत्र

पूर्वस्वीकृतिबना बिदा नबस्न संघीय मामिला मन्त्रालयले काट्यो पत्र

मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिसस अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। 

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी कार्यालय समय अफिसमा नहुने गरेको सेवाग्राहीको गुनासो रहँदै आएको मन्त्रालयले बताएको छ।

मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले पूर्वस्वीकृतिबिना बिदा बस्ने गरेकाले कार्यालय समयमा कर्मचारी भेटिन छाडेका कारण सो परिपत्र गरेको हो। 

मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र समन्वय अधिकारीलाई जानकारी नदिएरै बिदामा नबस्न परिपत्र गरिसकिएको बताए। उनले भने, ‘स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिसस प्रमुखले जिल्ला तथा कार्यक्षेत्र छाड्दा स्थानीय तहमा सेवा प्रवाहमा असर परेको गुनासो मन्त्रालयमा आउन थालेपछि पूर्वस्वीकृतिबिना कार्यालय नछाड्न सबै स्थानीय तहलाई आग्रह गरिएको हो।’

प्रकाशित: Dec 19, 2022| 12:52 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।