काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य यथावत् रहेको छ। मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो। सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।
सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ। सोमबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको थियो।