धनगढी- कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ। गोली लागेर एक जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो।
अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको भए पनि कस्ले र किन गोलि चलायो भन्ने बारेमा जानकारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका सुचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टले बताए।
घाइते दुई जनाको अत्तरियास्थित पदमा अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको उनले बताए।