काठमाडौं- नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। धनगढीमा रहेको शोरुमबाट सुरु भएको राइड शालिनी वाटिका एन्ड ईको रिसोर्ट गोदावरीमा पुगेर सम्पन्न भएको थियो।
उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको कम्पनीले जनाएको छ। करिब ५० जना राइडर सहभागि भएको उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी गराएको थियो।
कम्पनीका अनुसार राइडमा सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो।