मंगलबार, वैशाख १६, २०८२

जनकपुरमा सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ।

जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडेल थिए भने अन्य अतिथिहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वास राज अर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरु र विभिन्न कलेजका विद्यार्थीहरूहरुको उपस्थिति थियो।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो। डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानी देखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोडबाट नै गरिएको थियो।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगद रहित समाज आजको आवश्यकता भएको र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको सञ्चय हुने बताएकी छन्।


प्रकाशित: Dec 18, 2022| 17:47 आइतबार, पुस ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।