सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२’ अवार्ड

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२२’ अवार्ड

शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इएर–२०२२’ अवार्ड प्राप्त गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इएर–२०२२’ अवार्ड प्राप्त गरेको छ।

न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत कम्पनीलाई अवार्ड प्रदान गरेको हो। गत सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक–फरक सात वटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द इएर–२०२२’ अवार्ड प्राप्त गरेको हो।

शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ। कम्पनीले जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवम् कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक–पटक विभिन्न तवरबाट सम्मान प्राप्त गर्दै आइरहेको छ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा विक्रीवितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको भनाइ छ।

नेपाल गुणस्तर चिह्ह ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्स प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदै आएको कम्पनीले बताएको छ।


प्रकाशित: Dec 18, 2022| 17:38 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्