सोमबार, असार २३, २०८२

सिद्धार्थ बैंकले पायो अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड’ बाट सम्मानित भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड’ बाट सम्मानित भएको छ। न्यू बिजनेश एज प्रा.लि.ले आयोजना गरेको सातौं न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड्समा बैंकलाई उक्त उपाधिबाट सम्मान गरिएको हो। उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए।

आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले जनाएको छ। बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र १८०० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ।

साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न सुविधाहरू प्रवाह गर्दै आएको छ।


प्रकाशित: Dec 18, 2022| 17:35 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्