सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दर्ता गरेको एक वर्षभित्र प्रयोगमा नल्याए ट्रेडमार्क खारेज हुने

दर्ता गरेको एक वर्षभित्र प्रयोगमा नल्याए ट्रेडमार्क खारेज हुने

उद्योग विभागले ट्रेडमार्क दर्ता गरेर प्रयोग नगरेको एक वर्ष बितेमा कम्पनीको ट्रेडमार्क खारेज गर्ने भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं– उद्योग विभागले ट्रेडमार्क दर्ता गरेर प्रयोग नगरेको एक वर्ष बितेमा कम्पनीको ट्रेडमार्क खारेज गर्ने भएको छ। उद्योग विभागले सूचना जारी गरी ट्रेडमार्क ऐन २०२२ को दफा १८ (ग) बमोजिम दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज हुने जानकारी दिएको हो।

नेपालमा कुनै उत्पादन वा सेवा प्रयोग गर्नका लागि उद्योग विभागमा ट्रेडमार्कको आवेदन दिनुपर्छ। ट्रेडमार्कको लागि आवेदन दर्ता भएपछि पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ बमोजिम सम्बन्धित कम्पनीले ट्रेडमार्क दर्ताको प्रमाणपत्र पाउने व्यवस्था छ। 

नेपालमा विभिन्न कम्पनीहरुले ट्रेडमार्क दर्ता गराए पनि त्यसको प्रयोग गरेका छैनन्। वर्षौंदेखि ट्रेडमार्क दर्ता गराउने र सोको प्रयोग नगरी राख्ने प्रवृत्ति बढेपछि विभागले आइतबार सूचना जारी गरी एक वर्षभित्रमा प्रयोगमा नल्याए खारेज गर्ने चेतावनी दिएको हो। प्रमाणपत्र जारी भएको मितिले १ वर्षसम्ममा दर्ता भएको ट्रेडमार्क प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्ने ऐनमा व्यवस्था छ।  

विभागले दर्ता भएर प्रमाणपत्र लिएका सबै ट्रेडमार्क धनी उद्योगी–व्यवसायीहरूले आफूले लिएको ट्रेडमार्क प्रयोग भए–नभएको स्पष्ट प्रमाणसहित तोकिएको म्यादभित्र निवेदन दिनुपर्ने जानकारी दिएको छ। ऐनले तोकिएको अवधिभित्रमा प्रयोग भएको जानकारी विभागमा नगराएमा कानुनबमोजिम कारवाहीको प्रक्रियामा जाने विभागले चेतावनी दिएको छ।


प्रकाशित: Dec 18, 2022| 14:41 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्