सोमबार, असार २३, २०८२

नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुन ६ सय रुपैयाँले बढेको हो। यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ।

सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो। 

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ। अस्ति शुक्रबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: Dec 18, 2022| 11:17 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्