सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तरप्रदेश जोड्ने सडक निर्माणमा जनप्रतिनिधिको समझदारी

अन्तरप्रदेश जोड्ने सडक निर्माणमा जनप्रतिनिधिको समझदारी

अछामको पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ पालिकाको खुलालु सडक, पञ्चदेवल कोसेडी, कालाभिड हुँदै नरहरिनाथ पालिकाको लालु जोड्ने अन्तरप्रदेश सडक निर्माण हुने।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

मान्म–कालीकोट र अछामका जनप्रतिनिधिले अन्तरप्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्। अन्तरप्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोटका प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तरप्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो। 

दुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौैंमा सडक निर्माण गर्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिए। ‘कालीकोट र अछामलाई अन्तरप्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ’, उनले भने, ‘दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा संघीय सरकारमा पहल थालिने भएको छ।’

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, अछामको पञ्चदेवल नगरपालिका कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तरप्रदेश सडक निर्माणका छलफल भएको र यी दुई ठाउँबाट सडक निर्माणका लागि पहल थालिने अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताइन्। ‘अन्तरप्रदेश सडक मात्र नभएर यी दुई जिल्ला आवातजावत गर्न सहज बनाउन सडक निर्माण आवश्यक रहेको छ’, उनले भनिन्, ‘अहिले सडक सञ्जाल नहुँदा आवतजावतदेखि व्यापारिक हिसाबले समस्या हुने गरेको छ।’

कालीकोट र अछाम अन्तरप्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्माले बताए। अन्तरप्रदेश सडक निर्माण गर्न दुवै प्रदेशका जनप्रतिनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका संघ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए।–रासस

प्रकाशित: Dec 17, 2022| 17:40 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्