सोमबार, वैशाख २९, २०८२

बागमती प्रदेशसभामा बढ्यो महिला प्रतिनिधित्व

११० प्रदेशसभा सदस्य रहेको बागमतीमा २०७४ को निर्वाचनमा ३७ महिला चुनिएका थिए भने यसपटकको निर्वाचनमा ३७ महिला चुनिए।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं– बागमती प्रदेशसभाको दोस्रो कार्यकालमा महिला प्रतिनिधित्व बढेको छ। ११० प्रदेशसभा सदस्य रहेको पहिलो प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ३७ जना महिला प्रदेशसभा सदस्य थिए। गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४० जना महिला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

पहिलो र दोस्रो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने प्रणालीबाट प्रदेशमा समान पाँच–पाँच जना महिला प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

पहिलो प्रदेशसभाको कार्यकालमा समानुपातिकतर्फ विभिन्न दलबाट गरी ३३.६३ प्रतिशत अर्थात् ३२ जना महिला र १२ पुरुषको प्रदेशसभामा प्रतिनिधित्व थियो।

दोस्रो कार्यकालका लागि पुरुष प्रदेशसभा सदस्यको संख्या ९ मा झरेको छ भने महिला प्रदेशसभा सदस्यको संख्या बढेर ३५ जना अर्थात् ३६.३६ प्रतिशत पुगेको छ। बागमती प्रदेशको पहिलो प्रदेशसभामा कांग्रेसका महिला र पुरुष  सात–सात, एमालेका महिला मात्र १६, नेकपा माओवादी केन्द्रका पाँच महिला र तीन पुरुष, विवेकशील साझा पार्टीका एक महिला र दुई पुरुष, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई महिला र नेपाल मजदुर किसान पार्टीका एक महिलाले समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेका थिए।

यस्तै, दोस्रो प्रदेश सभा कार्यकालमा समानुपातिक प्रणालीबाट कांग्रेसका महिला ११  र पुरुष एक, एमालेका महिला ९ र पुरुष पाँच, माओवादी केन्द्रका महिला पाँच र पुरुष दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच महिला र एक पुरुष, नेपाल मजदुर किसान पार्टीका दुई महिला र हाम्रो नेपाली पार्टीबाट एक महिला प्रदेशसभामा पहिलो पटक निर्वाचित भएका हुन्। समावेशी सिद्धान्तअनुसार बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि समानुपातिक प्रणालीतर्फ आदिवासी जनजातिबाट २२ जना, अल्पसंख्यकबाट कांग्रेस, एमाले र माओवादी केन्द्रका गरी तीन, खसआर्यबाट अपांगता भएका एकसहित १७ र दलित प्रदेशसभा सदस्यमा एमाले र कांग्रेसका गरी दुई जना छन्।

Metro Mart
worldlink

आदिवासी जनजातिबाट प्रतिनिधित्व गर्ने २२ मध्ये एमालेका तीन र माओवादी केन्द्रका एक गरी चार पुरुष र १८ महिला तथा खसआर्यतर्फ १७ जनामध्ये एमालेका दुई; कांग्रेस, माओवादी केन्द्र र राप्रपाका एक–एक पुरुष र बाँकी महिला प्रदेशसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्।

अल्पसंख्यक र दलित समुदायबाट समानुपातिकतर्फ निर्वाचित सबै प्रदेशसभा सदस्य महिला छन्।  

प्रकाशित: Dec 17, 2022| 12:50 शनिबार, पुस २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।