बुधबार, वैशाख १७, २०८२

प्रदेश १ मा कुन पार्टीबाट दलको नेतामा को–को छन् आकांक्षी?

५ वटा राजनीतिक दलमा दलको नेता चयनमा समस्या देखिएको छैन। संसदको दोश्रो ठूलो दल नेपाली कांग्रेसमा दलका नेताका लागि गुटैपिच्छेका आकांक्षी रहेका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

विराटनगर- प्रदेश १ सभामा ६ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ। ५ वटा राजनीतिक दलमा दलको नेता चयनमा समस्या देखिएको छैन। संसदको दोश्रो ठूलो दल नेपाली कांग्रेसमा दलका नेताका लागि गुटैपिच्छेका आकांक्षी रहेका छन्। 

प्रदेशसभामा २९ सदस्य रहेको कांग्रेसमा केन्द्रीय सदस्यसमेत रहेका अमृत अर्याल, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा, बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की संसदीय दलको नेता बन्नका लागि तीव्र रूपमा लागेका छन्। 

प्रदेशसभा सदस्यसँगको भेटघाट, छलफल तथा नेताहरुको भेटघाटमा छन्। संस्थापन पक्षबाट अर्याल, कोइराला समूहबाट कार्की र सिटौला समूहबाट थापा र पराजुलीले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्। संस्थापन पक्षमा ११, कोइराला पक्षका ९ र सिटौला पक्षका ९ सांसद रहेका छन्। तीन समूहमा प्रदेश सांसद विभाजित भएकाले निर्वाचन हुने करिव निश्चित छ। 

कांग्रेस बाहेक एमालेबाट स्थायी कमिटी सदस्य समेत रहेका हिक्मत कार्की दलको नेता हुने निश्चित छ। एमालेमा कार्की बाहेक स्थायी कमिटी तहका अन्य नेताहरु नभएको र दलका दाबी पनि अरुको नदेखिएको एमाले श्रोतको भनाई छ। माओवादीमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, एकीकृत समाजवादीमा मुख्यमन्त्री राजेन्द्र राई, राप्रपामा भक्ति सिटौला दलका नेता हुने निश्चित रहेको छ।

प्रकाशित: Dec 17, 2022| 07:51 शनिबार, पुस २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।