बिहीबार, भदौ ५, २०८२

लामो दूरीमा दुई चालक नराख्ने ४१ सवारीसाधन कारवाहीमा

लामो दुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं- लामो दुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। काठमाडौँको नागढुंगा नाकामा एपमार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारवाही गरिएको हो।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार ट्राफिक कम्युनिकेसन एपमा  शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंगा नाका सहित सातै ओटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाईन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ।

२०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय संचालनपछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका हुन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसंग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुने उल्लेख छ।

तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामो दुरीका यात्रुबहाक सवारी साधनमा दुई जना चालकको व्यवस्था गर्न गराउन सबैको दायित्व हुने प्रहरीले बताएको छ।

प्रकाशित: Dec 16, 2022| 17:38 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।